देउवाप्रति धनराजको कटाक्ष : ‘रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ’

लोकपथ
4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । 

शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औँला गनेर हिसाब गरेर बस्न नमिल्ने बताए  । 

उपसभापति गुरुङले भने, ‘राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औँला गनेर हिसाब गरेर बस्ने होइन । राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो । आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो । लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो । हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । को कहाँ पुग्याैँ, को कहाँ पुग्न सकेनौँ त्यो तपशिलको विषय हो । राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो । मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्याग नै हो । त्यागको मूल्य हुँदैन । राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो । हाम्रो सभापतिज्यु, पूर्वप्रधानमन्त्रीज्यु, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्रा गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन । त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’

उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?