अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी

लोकपथ
280
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिएका छन् ।  

जुनको अन्त्यमा यो लागू हुने उनको भनाइ छ । सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिस्पर्धी हो ।

केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म एप्पलका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताए ।

ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?