‘पहाडकी रानी’ बन्दीपुरमा भ्रमण वर्ष २०२५ जारी

लोकपथ
245
Shares

काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । 

पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयअनुसार भ्रमण वर्ष मनाइरहेको छ । 

बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक सहरको सौन्दर्य विश्वमाझ पुर्‍याउन पनि भ्रमण वर्षले महत्त्वपूर्ण भूमिका खेल्नेछ । 

भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटेल तथा रेष्टुरेण्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?