काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेला पारेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलाको ड्यामसाईडमा पौडी खेल्ने क्रममा जेठ ८ गते उनी डुबेर बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएको बताइएको छ।
उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बुटलबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले जेठ ९ गते दिउसो करिब पौने ३ बजे फेला पारेको सशस्त्र प्रहरीका सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया