रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक

लोकपथ
2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रूपमा बैठक आह्वान गरेको छ।

सर्वोच्च अदालतले सभापति रवि लामिछानेको विषयमा आदेश जारी गरेपछि पार्टीले छलफल गर्न आकस्मिक रूपमा बैठक आह्वान गरेको हो ।

शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । निर्णयअनुसार, सचिवालयको भर्चुअल बैठक आज दिउँसो ३ बजे र केन्द्रीय समितिको भर्चुअल बैठक ४ बजे बस्नेछ।

त्यसैगरी, पार्टीले आगामी आइतबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक पार्टी कार्यालयमै भौतिक रूपमा आयोजना गर्ने निर्णय समेत गरेको छ।

पार्टीले अदालतको आदेशपछि राजनीतिक र कानुनी पक्षमा उत्पन्न सम्भावित असरहरूको समीक्षा गर्न बैठक आवश्यक ठानेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?