काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताए । उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताए । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए ।
महामन्त्री थापाले भने, ‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो । त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो । मानव विकासमा पनि माथि बढ्यौँ । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकंक्षा पनि जगायौँ । त्यो २०-२५ वर्ष पछाडि अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्दछ । जसले गएको २०-२५ वर्षमा चमत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वाभाविक चाहन्छ ।’ महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया