काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएको हो ।
उनले नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए । उनले उनीहरूको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको बताए । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी गरे
उनले भने, ‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरूले जुन हिसाबले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्त्य के हो भन्ने कुरा बुझ्नुपर्दछ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरूले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन । आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रूपमा प्रस्तुत भइरहेको पाउने गर्दछाैँ ।’
महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको सरकार र नेकपा एमालेबाट कुनै गलत काम नभएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया