जेठ १५ को राजावादी आन्दोलनका लागि कस्तो छ प्रहरीको सुरक्षा तयारी ?

लोकपथ
2k
Shares

काठमाडौं । प्रहरीले आगामी जेठ १५ गते राजावादीहरुले गर्न लागेको प्रदर्शनका लागि सुरक्षाको तयारी थालेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले त्यसबारे जानकारी गराएका हुन् ।

प्रवक्ता थापाले उक्त प्रदर्शनलाई लक्षित गरेर सुरक्षा तयारी योजना लागु गरिएको जानकारी गराए । साथै उक्त प्रदर्शनका क्रममा कुनै पनि धनजनको क्षति नहुने गरी आफूहरुले तयारी गरेको समेत बताए ।

यता काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले समेत सुरक्षा व्यवस्था कडा बनाइएका कारण कुनै पनि क्षति नहुने दाबी गरे ।

राजावादीहरुले आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा बृहत प्रदर्शन गर्दैछन् । यसअघि गत चैत १५ गते नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरीले सुझबुझ पुर्याउन नसक्दा ठूलो धनजनको क्षति हुन पुगेको भन्दै आलोचना भइरहेको छ । जसका कारण आगामी प्रदर्शनमा थप सक्रियताका साथ लाग्ने प्रहरीको तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?