काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाइ टिकट खरिद गर्दा ५०० रुपैयाँ क्यासब्याक दिने भएको छ ।
बैंकको यस क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट APP बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५०० सय रुपैयाँको क्यासब्याक हुने बैंकले जनाएको छ । ज्योति स्मार्ट ब्उउ बाट हवाई टिकट खरिद गर्दा “Jyoti500” प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ ।
जेठ ९ गते शुक्रबार (आज) बाट सुरु भएको उक्त योजना सीमित अवधिका लागि मात्रै लागु हुनेछ ।
जसअनुसार ग्राहकहरूले ज्योति स्मार्ट ब्उउ प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको जनाएको छ ।
साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया