काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ ।
बिहीबारबाटै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजसालमा सुनुवाइ भइरहेको थियो ।
आज जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्रा सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।
त्यस्तै जाहेरवाला कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले लामिछानेको तर्फबाट जवाफी बहस गरेका थिए । भने अर्का वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले छविको तर्फबाट जवाफी बहस गरेका थिए ।
सुनुवाइ सकिएसँगै आजै आदेशको तयारी गरिएको छ । सहकारी ठगी प्रकरणमा जोडिएका दुवै हाल हिरासतमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया