पत्रकारको अघि मुख छोपेर हिँडेका संसदका महासचिवले दिए स्पष्टीकरण

लोकपथ
6.6k
Shares

काठमाडौं । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले पत्रकारको अघि मुख छोपेर हिँडेको विषयमा स्पष्टीकरण दिएका छन् ।

निजामती विधेयकमा कुलिङ पिरियड राख्न नहुने विषयमा राजनीतिक नेतृत्वलाई दबाब दिन हिँडेका पाण्डेयले बिहीबार सिंहदरबारमा पत्रकारको अघि मुख छोपेका थिए ।

मुख्यसचिवसहित सचिवहरुको टोलीले उक्त विधेयकमा कुलिङ पिरियड राख्न नहुने भन्दै सभामुखदेखि राष्ट्रिय सभा अध्यक्षसम्मलाई दबाब दिएका थिए । बिहीबार राष्ट्रिय सभा अध्यक्षलाई दबाब दिने क्रममा पाण्डेले भने पत्रकारको अघि मुख छाडेर हिँडेका थिए ।

सो विषयमा उनको चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै त्यस विषयमा स्पष्टीकरण दिएका हुन् ।

उनले प्रचलित कानुनलाई अघि सारेर आफूले सोही अनुसार आफ्नो व्यक्तिगत गोपनीयताको हक अन्तर्गत मुख छोपेर हिँडेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् :

संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ । नेपालको संविधानको धारा १६ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ । त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा (९) अनुसार कसैले कुनै व्यक्तिको अनुमति बिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ । मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लङ्घन गर्नेहरुलाई संवैधानिक तथा कानूनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?