११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
770
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ  बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी  दुई हजार पाँचमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँसा सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?