एमाले धनुषाको अधिवेशनमा भोला यादव प्यानलसहित निर्वाचित

लोकपथ
959
Shares

काठमाडौं । नेकपा एमाले धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट भोला यादव नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल गरेको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा यादवले निकटतम प्रतिस्पर्धी लक्ष्मीनारायण यादवलाई २०२ मतको अन्तरले पराजित गर्दै ४०२ मत प्राप्त गरेर विजयी भए ।

त्यसैगरी उपाध्यक्ष पदमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरे। सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत प्राप्त गर्दै जित निकाले, जहाँ धिरेन्द्र मण्डलले २२५ मतमा सीमित भए।

उपसचिव पदमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र विजयी भए भने लेखा समिति संयोजक पदमा वीरेन्द्रलाल कर्णले जित हात पारे।

जिल्ला अधिवेशन वैशाख २० गते एमालेका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलको उद्घाटनसँगै सुरु भएको थियो । २२ गते उम्मेदवार मनोनयन प्रक्रिया सम्पन्न भए पनि नामावली प्रकाशनमा विवाद भएपछि प्रक्रिया केही ढिला भएको थियो । अन्ततः बुधबार मतदान सम्पन्न भयो ।

१३५ सदस्यीय जिल्ला कमिटीका लागि भएको निर्वाचनमा ६२८ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?