काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत छैटौँ बैठक आज शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष औपचारिक रूपमा पेस गर्ने तयारी गरिएको छ।
सभामुख तुलाराम घर्तिमगरले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची बैठकको सम्भावित एजेन्डामा समावेश गरिएको छ।
यसअघि जेठ ५ गते प्रदेश प्रमुखले नीति तथा कार्यक्रम सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए । अब केही दिनसम्म नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया