बस र विद्युतीय कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु 

लोकपथ
644
Shares

काठमाडौं । भरतपुरमा  बस र विद्युतीय कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान बस र विद्युतीय कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको विद्युतीय कार एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।

सो दुर्घटनामा कार चालक खैरहनी नगरपालिका-८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिनाको भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र प्रहरीका अनुसार बस र बस चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?