अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

लोकपथ
322
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताए। 

‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा  दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ, ‘प्रधानमन्त्री ओलीले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?