काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को कानुन विभागको जिम्मेवारी केन्द्रीय सदस्य हृदयराज मिश्रलाई दिइएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले कानुनका विद्यार्थी समेत रहेका मिश्रलाई कानुन विभागको जिम्मेवारी दिएका हुन् ।
मिश्र नेविसंघमा लामो समयदेखि क्रियाशील रहँदै आइरहेका छन् ।
कानुन विभाग प्रमुखको जिम्मेवारी पाएपछि आगामी दिनमा संगठनभित्र नीति निर्माण, कानुनी प्रशिक्षण र विधिसम्मत नेतृत्व विकासमा योगदान पुर्याउनमा जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया