काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताए । उनले प्राकृतिक विपत्ति रोक्न नसके पनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र सतर्क हुनुपर्नेमा जोड दिए ।
विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासमा जोड दिँदै उनले नीति राम्रा बने पनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको बताए । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपद्पछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गरे ।
उनले भने, ‘विपद्बाट भएका क्षतिको राहत कसरी उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारलाई हरेक वर्ष भइरहेको छ । यस प्रकारका काम भइरहँदा पनि विपद् रोकिएको छैन । विपद्पछिको राहत वितरणका क्रममा बाहिर टिका टिप्पणी भइरहेका छन् । नीति व्यवहारिक रूपमा कार्यान्वयन कतिको हुन्छ । हिजोका गल्ती सच्याउन सक्दैनौँ । गल्तीबाट पाठ सिक्दै आगामी दिनका लागि नीति बनाउन सजिलो भएको छ । प्राकृतिक विपत्ति र मानवीय कारण । प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर मानवीय कारणले हुने विपत्ति रोक्नका लागि सतर्क हुनुपर्छ । विपत्तिपछि यही बागमती र विष्णुमतीमा बाढी आउँछ हरेक वर्ष २ चार जनाको मृत्यु हुन्छ । घरहरू डुबान हुन्छ त्यसलाई त न्यूनीकरण गर्न सकेका छैनौँ भने गाउँघर बस्तीका विषय त टाढाको कुरा हो । विपद् बाजा बजाएर आउँदैन । तर यो विपद्लाई हामीले समयमा नै सजग भएर तयारी गरेको खण्डमा निश्चय पनि कम गर्न सकिन्छ । जस्तै भवन निर्माणका नियमलाई कडाई गर्ने । स्थानीय तहकै कार्यक्षेत्र भित्र रहे पनि । पूर्व सूचना प्रणालीको विकासमा हामी कत्तिको छ विकसित देशहरूलाई हेरेर त्यसतर्फ ध्यान दिनु जरुरी भइसकेको छ । पूर्व सूचना प्रणालीको विकासमा जोड दिनुपर्छ । नीति धेरै राम्रा बनेका छन् तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । विपद्का समयमा अलि बढी पहुँच भएको स्थानमा बारम्बार राहत सामग्री पुग्यो तर पहुँच नभएका ठाउँमा भने एक पटक पनि राहत पुग्न समस्या छ । त्यतातर्फपनि ध्यान दिनु उपयुक्त हुन्छ । तीन तहबिचको समन्वय अभावले विपद्का समयमा तत्काल उद्ददार र राहत पुग्न सकेको छैन ।’
उनले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्न सकिने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया