रामेछापमा शव बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

लोकपथ
826
Shares

काठमाडौं । रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रामेछापकै खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना भएको हो । 

आज बिहीबार बिहान पौने ११ बजे प्र.३– ०१–००२ झ ५८०३ नं. को एम्बुलेन्स सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए । उक्त गाडीमा चार जना सवार थिए । 

दुर्घटनामा एम्बुलेन्स चालक रामेछापको दोरम्वा शैलुङ–३ बस्ने २४ वर्षीय सुरेश मगर, दोरम्बा शैलुङ गाउँपालिका–२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते भएका छन् । घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि एम्बुलेन्स र शव सडकमै राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?