काडमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्व सहकर्मी एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा रुपमा कटाक्ष गरेका छन् ।
जनतासँग माओवादी अभियान अन्तर्गत रुकुम पूर्वमा पुगेका प्रचण्डले ‘बुद्धी नभएका डाक्टर’ भन्दै आलोचना गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा आगामी दिनमा बाबुराम भट्टराईसँग पार्टी एकताको सम्भावनाबारे सञ्चारकर्मीको प्रश्न थियो । तर प्रचण्डले बाबुराम कम्युनिष्टको नाम नै सुन्न नचाहने अवस्थामा पुगिसकेको बताउँदै त्यस्तो टिप्पणी गरेका हुन् ।
बाबुरामप्रति टिप्पणी गर्दै प्रचण्डले भने :
बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि । हाम्रो नारायणकाजी कामरेड गोरखामा चुनाव लड्दा, हामी मिलेर लहै अब चुनाव मात्र होइन पार्टी एकता नै गनुपर्छ भनेर । तर उहाँले पछि म त कम्युनिष्टको नाम राख्ने हो भने पार्टी एकता गर्दिन भन्नुभयो । अनि के हामी मर्ने बाबुरामको लागि ? कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे ? अनि त्यस्तोसँग के गरी एकता गर्नु ? अब उहाँ त खिइँदै खिइँदै पुरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ । प्रतिक्रियावादीहरुले पनि पत्याउँदैनन् आजकाल, हाँसोको पात्र भाछन् के बाबुराम देशभर, कस्तो बुद्धी नभएको डाक्टर । सबभन्दा बुद्धी नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । तर त्यस्तासँग कसरी एकता गर्ने ? एकता गर्नेहरुसँग त एकता गर्ने भइयो नि, गंगानारायण श्रेष्ठ लगायत त्यहाँ उहाँसँग भ्रममा परेर गएकाहरु सबै फर्किँदै हुनुहुन्छ पछी । यो एकता होइन त ? अब बाबुरामलाई कसरी ल्याउने ? उनको दिमाग ठाउँमा हुनुपर्यो र त ल्याउन सकिने ? तर त्यो सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ, विचार, दृष्टिकोण, प्रवृत्ति मिल्नपर्छ । अनि एकता गरेपछि ठूलो भइहाल्ने र एकता नगरेपछि सानो भैहाल्ने भन्ने पनि होइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया