काठमाडौं । एक अमेरिकी सांसदले प्रस्तुत गरेको आफ्नै ‘नग्न तस्बिर’ ले विश्वको ध्यान खिचिरहेको छ ।
दक्षिण क्यारोलिनाबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद न्यान्सी मेसले सार्वजनिक रुपमा एक धमिलो, स्यामस्वेत तस्बिरहरु सार्वजनिक गरिन् । नग्न तस्बिरका संवेदनशील भागहरु ब्लर गरिएको ती तस्बिरहरु अरु कसैको नभएर उनी स्वयमको थियो ।
सांसद मेसले दाबी गरे अनुसार उनको उक्त तस्बिर उनका पूर्व पार्टनर प्याट्रिक ब्रायन्टले खिचेका हुन् । ब्रायन्टले गोप्य क्यामेराको प्रयोग गरेर भिडियो खिचेका थिए । ब्रायन्टले दुवैको सहमतिमा कोठाभित्रको माहोल गोप्य क्यामेरा प्रयोग भिडियो खिचेका थिए ।
सांसद मेसले अमेरिकी संसदको हाउस ओभरसाइट एण्ड गभर्नमेन्ट रिफर्म उपसमितिको अध्यक्षको रूपमा आफ्नो उद्घाटन वक्तव्यमा उक्त विषय उजागर गरेकी हुन् ।
‘मैले यो लडाईं रोजेको होइन । म आज यहाँ बसेर यसबारे छलफल गर्न पनि चाहन्न,’ उनले उद्घाटन वक्तव्यमा भनेकी थिइन् ।
त्यसो त गत फेब्रुअरीमा एक भाषणका क्रममा मेसले आफू र अन्य महिलामाथि बलात्कार यौनजन्य क्रियाकलाप गर्ने ४ व्यक्तिहरुको नाम उल्लेख गरेकी थिइन्, जसमध्ये मेस एक हुन् ।
उनले आफ्नो संसदीय कार्यालय अघि ती पुरुषहरुको तस्बिर र उनीहरुको बासस्थान समेत उल्लेख गरेर ‘शिकारीहरु’ र ‘टाढा रहनुहोस्’ लेखेकी छन् ।
तर उनका पूर्वपति ब्रायन्टले भने आफूहमाथि मेसले लगाएको आरोपहरु अस्वीकार गर्दै आइरहेका छन् ।
ब्रायन्टले आफूले कसैलाई पनि बलात्कार नगरेको, आफूसँग कुनै गोप्य क्यामेरा नभएको र कुनै महिलाहरुलाई पनि यौनजन्य क्रियाकलाप नगरेको बताउँदै आइरहेका छन् ।
त्यस्तै आफूले मेसलाई माया गर्नु नै गल्ती रहेको र त्यही कुरा आफूमाथि प्रहार गर्ने हतियार भएको उल्लेख गरेका छन् ।
त्यसो त मेसले आरोप लगाएका अर्का व्यक्ति हुन् ब्रायन मुस्ग्रयाभ । उनले गत मार्चमा मेसविरुद्ध मानहानीको मुद्दा नै दायर गरेका थिए ।
उक्त बैठकमा मेसले देखाएका तस्बिरहरुमा अन्य महिलाहरु नग्न शरिर उनीहरुको स्वीकृती बिना नै खिचिएका देखाइएको थियो ।
मेसले आफूले आफूमात्र नभएर अनुमति बिना नै महिलाहरुको नग्न तस्बिर र भिडियो खिच्नेहरुविरुद्ध कानुनी रुपमा लडिरहेको र लड्ने प्रतिबद्धता जनाएकी छिन् ।
यूएस टुडेबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया