मासु पकाउन तातो कराईमा खानेतेल भनेर डिजेल राख्दा…

लोकपथ
5.4k
Shares
फाइल तस्बिर

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलमा खाना बनाउने क्रममा खानेतेल भनेर झुक्किएर डिजेल राख्दा भएको आगलागीमा दुई दुई जना घाइते भएका छन् ।

स्थानीय देवान बाबुको घरमा बुधबार साँझ यो घटना भएको हो । घटनामा सो घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया असिया खातुन र सोही घरमा बस्ने भारतको मोतिहारी जिल्लाको आदामपुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षीया अफ्रिदा खातुन घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको छ ।

साँझ मासु पकाउँदा तेल भनेर झुक्किएर तातो कराईमा डिजेल हालेपछि आगलागी भएको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले घाइते दुवैलाई हेटौंडा अस्पताल पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?