स्पेनको म्याड्रिडस्थित अमेरिकन स्कुल बाहिर युक्रेनी नागरिकको गोली हानी हत्या

लोकपथ
630
Shares

एजेन्सी । स्पेनको म्याड्रिड नजिकैको पोजुएलो डे अलार्कन क्षेत्रमा रहेको अमेरिकन स्कुल अफ म्याड्रिड बाहिर एक युक्रेनी नागरिकको गोली हानी हत्या भएको छ। घटनाबारे स्पेनी राष्ट्रिय प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

५२ वर्षीय पीडितको स्थानीय समयअनुसार बिहान सवा ९ बजे स्कुल परिसरबाहिर गोली प्रहार भएको थियो । प्रारम्भिक विवरणअनुसार पीडितलाई छातीमा चार र टाउकोमा एक घातक गोली लागेका थिए, जसका कारण उनको घटनास्थलमै ज्यान गएको हो ।

प्रहरीले घटनास्थलको घेराबन्दी गर्दै अनुसन्धान अघि बढाएको छ भने घटनाको कारण र दोषी पहिचान गर्न खोजी भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार घटनामा पूर्व नियोजित आक्रमणको सम्भावना रहेको छ।

अत्यधिक सुरक्षात्मक क्षेत्र मानिने स्कूलबाहिर भएको यस हत्याले स्थानीय बासिन्दा र अभिभावकहरूमा त्रास फैलिएको छ ।

स्कुल प्रशासन र प्रहरीले मिलेर विद्यार्थी तथा कर्मचारीको सुरक्षाका लागि आवश्यक कदमहरू चालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?