काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियारले छापा मारेको छ । बुधबार अपराह्न अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अनियमितता भएको सूचना पाएपछि अख्तियारको टोलीले बुधबार अपराह्न छापा मारेको हो । अख्तियारको टोलीले केही कर्मचारीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बुझिएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा विदेश जाने प्रयोजनका लागि घुस लिइरहेको भन्दै बुधबार मात्रै कार्यालय प्रमुखसमेत गृह मन्त्रालयमा तानिएका थिए ।
तर उनी गृह मन्त्रालयमा फिर्ता नहुँदै अख्तियारको नियन्त्रणमा पुगेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको अख्तियार स्रोतले जनाएको छ । भट्टराईसँगै अन्य केही कर्मचारीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

श्रम स्वीकृति लिएर विदेश जानेदेखि नक्कली कागजातका आधारमा विदेश पठाउन समेत रकम लिएर जान दिइएको जानकारी आएपछि अख्तियारले छापा मारेको हो ।
यस सम्बन्धमा थप जानकारी आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया