काठमाडौं । नेपालमा आयोन इलेक्ट्रिक कारको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा राउत नियुक्त भएकी छिन् । आयोन कारको आधिकारिक विक्रेता सिजी मोटर्सले राउतलाई ब्रान्ड एन्डोर्सरमा नियुक्त गरेको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी सिजी मोटर्सले अभिनेत्री राउतलाई एक्स्ट्रा अर्डिनरी आयोन भी कारको ब्रान्ड एन्डोर्सर घोषणा गर्दै कारसमेत उपलब्ध गराएको हो ।
सिजी मोटर्सबाट जारी विज्ञप्तिमा नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउतलाई आयोन भी परिवारको हिस्सा बनाउन पाउँदा गौरव महसुस भएको उल्लेख छ । राउत जस्तै आयोन भी पनि बहुआयामिक क्षमता बोकेको कार रहेको भन्दै इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गरेको उल्लेख गरेको छ ।
राउतलाई ब्राण्ड एन्डोर्सरमा नियुक्त गरेपछि सिजी मोटर्सका सेल्स जिएम सुशील क्षेत्रीले भने, ‘हामी वर्षा राउतलाई आयोन भीको ब्राण्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ । उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भीको पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौँ ।’
कहिले छायांकनमा व्यस्त, कहिले आकस्मिक घुमघाममा, त कहिले शान्त शहर यात्रामा अभिनेत्री वर्षा राउतको द्रुत गतिमा अघि बढ्ने जीवनशैलीलाई आयोन भीले सम्पूर्ण रूपमा समर्थन गर्ने सीजी मोटर्सले दाबी गरेको छ । आयोन भी मा आठ प्वाइन्टको मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरूले हरेका यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउने समेत सीजीको दाबी छ ।
आयोन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किलोमिटरको रेञ्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्ने दाबी गरिएको छ । लामो रेञ्ज भएकाले टाढाटाढा जानका लागि हुने रेञ्ज एन्जाइटीलाई यसले पूर्णरुपमा हटाउने कम्पनीको दाबी छ । आयोन भी दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकका लागि निर्माण गरिएको भन्दै यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले दाबी गरेको छ ।
यता ब्राण्ड एन्डोर्सर नियुक्त भएसँगै अभिनेत्री राउतले आयोन भीको तारिफ गरेकी छन् ।

‘आयोन भी केवल गाडी होइन, यो त एक अनुभव हो । यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ । मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ । यस्तो ब्राण्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु, जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ ।’
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित रहेको कम्पनीको दाबी छ । २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत सीजी मोटर्सले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया