गौशलामा भयानक दुर्घटना : बस अनियन्त्रित हुँदा ७ वटा सवारीमा ठक्कर

लोकपथ
10.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ८ स्थित गौशलामा बस अनियन्त्रित भइ दुर्घटना हुँदा अन्य सवारी समेत दुर्घटनामा परेका छन् ।

बुधबार बिहान १०ः५५ बजेको समयमा गौशाला पिंगलास्थानबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस दुर्घटना भएको थियो । आफैँ अनियन्त्रित भइ उक्त बस दुर्घटना हुँदा अन्य ७ वटा सवारीमा एकापसमा ठोक्किन पुगेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बा ५ ख ७३१ नम्बरको हायसलाई उक्त बसले ठक्कर दिन पुगेको थियो । उक्त हायस काभ्रेका ३४ वर्षीय रक्तिम लामाले चलाइरहेका थिए । त्यस्तै बा. प्र–०१–०२६ च ८५७६ नम्बरको कार समेत दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त कार सिन्धुपाल्चोकका २७ वर्षीय राम लामाले चलाइरहेका थिए । त्यस्तै उक्त बसले ठक्कर दिँदा बा एसी ९७७३ नम्बरको कारमा समेत क्षति पुगेको छ । उक्त कार ५३ वर्षीय त्रिरत्न प्रजापतीले चलाइरहेका थिए ।

त्यस्तै काठमाडौंको टोखाका ४१ वर्षीय प्रेम प्रसाद गेलालले चलाइरहेको बा १६ च ४४५२ नम्बरको कारमा समेत ठक्कर दिन पुगेको थियो ।

कोटेश्वरका २७ वर्षीय शैलेन्द्र राईले चलाइरहेको प्र.२–०१–००३ प १००५ नम्बरको मोटरलाइकल तथा काठमाडौं कोटेश्वरकी १९ वर्षीय स्मिता ढुङ्गेलले चलाइरहेको बा. प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटर समेत दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार उक्त बस अनियन्त्रित हुँदा काठमाडौं टोखाका ३२ वर्षीय राजकुमार श्रेष्ठले चलाइरहेको बा ५१ प २२ नम्बरको मोटरसाइकल समेत दुर्घटना भएको हो । उनको शरिरको बाहिरी भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको पछाडी बसेका नुवाकोटका विकास कट्टेलको नाकमा चोट लागेको र मोटरसाइकल चालक शैलेन्द्र राईको दाइने हात र दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालक फरार रहेका छन् भने घाइतेहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?