काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
न्यायिक समितिमा श्रीमान र श्रीमतीको झगडाका विषय अत्यधिक आएको भन्दै नगरपालिकाको ढुकुर जोडी प्रतियोगिता गराउन लागेको हो । नगरपालिकाले हरेक वडाबाट १ जोडीलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गर्ने भन्दै निवेदन आह्वान गरेको छ ।
‘पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिको न्यायिक समितिमा पति पत्नीबिचको झै झगडा इज्जत आमद अनुसार खान लाउन पाउँ लैङ्गिक हिंसा गाली सम्बन्धी मुद्दा दिन प्रतिदिन बढ्दै आएको हुँदा त्यस्ता मुद्दालाई न्यूनीकरण गर्नका लागि समाजमा लामो समयदेखि विभिन्न आरोह अवरोह पार गर्दै सुखद दाम्पत्य जीवन यापन गर्दै आएका उदारणिय ढुकुर जोडी समेत छन्, जसबाट हामीले धेरै कुराहरू सिक्न जरुरी छ । साथै सम्बन्ध विच्छेद तथा लैङ्गिक हिंसाका घटनाहरू न्यूनीकरण गर्दै जानुपर्दछ भन्ने मूल मन्त्रका साथ प्रतेक वडाबाट तपसिल बमोजिमको न्यूनतम सर्तहरू पुरा गरेका पति पत्नीलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गरी सम्मान गर्ने कार्यक्रम रहेको छ,‘ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
यस्ता छन् नगरपालिकाले तोकेको मापदण्डहरु :
१.कम्तीमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।
२.श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने ।
३.विवाह दर्ता गरेको हुनुपर्ने ।
४. स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५.छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६.नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७. विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८. निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमारसासू वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९. बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्(श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११. निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।
१२. माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया