नयाँ गभर्नर नियुक्त भएको पहिलो दिनमै घट्यो शेयर बजार

लोकपथ
833
Shares

काठमाडौं । साताको चौथोँ कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज धितोपत्र बजार मापक नेप्से परिसूचक ७ दशमलव ९४ अंकले बजार घटेर २ हजार ६ सय ६९ बिन्दुमा बजार परिसूचक रोकिएको छ ।

बजार घटे पनि आज कारोबार भने उल्लेख्य भएको छ । नेप्सेका अनुसार आज २ करोड ३० लाख २६ हजार २ सय २४ कित्ता शेयर १० अर्ब, ६९ करोड, ८६ लाख ५१ हजार ६ सय ८० रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज कारोबारमा आएकामध्ये ९३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको, १५३ कम्पनीको शेयर मूल्य घटेको तथा एउटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये ओम मेगाश्री फर्मास्यूटिकल, सिन्धु बैंक लिमिटेड, सप्तकोशी विकास बैंक लिमिटेड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यसो त स्वेट गंगा हाइड्रोपावर, मातृभूमी लघुवित्त तथा वित्तीय संस्था, बोट्लर्स नेपाल (बालाजु) लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

राजनीतिक हलचलले प्रभाव पार्ने शेयर बजारमा गभर्नर नियुक्तिपछि शेयर बजारमा उछाल आउने चर्चा चलेको थियो । राष्ट्र बैंकको १८औँ गभर्नरमा मंगलबार डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । तर शेयर बजारमा भने झिनो अंकको गिरावट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?