काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् । बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रतिवेदनमा आफ्नो फरक मत नभई पूरक मत भएको बताउँदै प्रतिवेदन बनाउन धेरै मेहनत भए पनि कतै अपूरो रहेको बताए । उनले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताए ।
उनले भने, ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने यो प्रतिवेदनको विषयमा मेहनत भएको छ । तर त्यसको केही चिजहरूमा मेरो अलिकति पुगेन भन्ने छ । हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्याङ्कहरू त्यसरी गएन । यो विषयमा छानबिन हुनुपर्छ । तर छानबिन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरू संयोजकज्यूले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरूले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात् यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया