काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै स्वीकृत बसाइ अवधि नाघेर अमेरिकामा बसिरहेको पाइए देश निकाला गर्नुका साथै सधैँका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने चेतावनी दिएको छ ।
अमेरिकी दूतावासले आज जारी गरेको सूचनामा भनिएको छ, ‘यदि तपाईं स्वीकृत बसाइ अवधि नाघेर अमेरिकामा बसिरहनुहुन्छ भने तपाईंलाई देश निकाला गरिन सक्नेछ र भविष्यमा अमेरिका यात्रा गर्न स्थायी रूपमै प्रतिबन्ध लाग्न सक्छ ।’
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता अमेरिकाले आप्रवासन नीति कडा बनाइरहेको परिवेशमा यो सूचना आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया