काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाटै एक जना थुनुवा फरार भएका छन् । फरार हुनेमा दोलखाका २४ वर्षीय निशान परियार रहेका छन् ।
अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनलाई आज बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी भद्रकालीस्थित परिसर कार्यालय लगिएको थियो । उनीमाथि जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो ।
सात दिनअघि पक्राउ परेका उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया