त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराई गृह मन्त्रालय तानिए

लोकपथ
2k
Shares
तिर्थराज भट्टराई, कार्यालय प्रमुख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई गृह मन्त्रालयमा तानिएको छ । भट्टराईको स्थानमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई पठाइएको छ । 

गृहमन्त्री रमेश लेखकले सहसचिव भट्टराईलाई जिम्मेवारी बहन गरेको ७ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हटाएर मन्त्रालय फिर्ता बोलाएका हुन् । 

उनलाई गत असोज २१ मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय पठाएका थिए । उनलाई हिजो मंगलबार साँझ तानिएको हो । 

भिजिट भिसामा गडबडी गरेको गुनासो आएपछि उनलाई फिर्ता बोलाइएको बताइएको छ । यस्तै, त्यहाँ कार्यरत ८ जना सुब्बालाई पनि मन्त्री लेखकको निर्देशनमा मन्त्रालय तानिएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?