काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आज बुधबार आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन् ।
हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।
शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया