अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसामा लगायो प्रतिबन्ध 

लोकपथ
1.9k
Shares

काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अवैध आप्रवासनलाई प्रवर्द्धन गरेको आरोप लगाउँदै अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो । 

अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अमेरिकी आप्रवासन कानुन र नीति लागु गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न महत्वपूर्ण छ ।’

तर अमेरिकाले भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको बारेमा कुनै जानकारी दिएको छैन । साथै उसले कुनै पनि ट्राभल एजेन्टको नाम र ट्राभल एजेन्सीको बारेमा पनि जानकारी गराएको छैन । 

गत फेब्रुअरीमा मात्रै अमेरिकाले केही भारतीयलाई ‘अवैध आप्रवासी’ भन्दै हतकडी लगाएर विमानबाट देश निकाला गरेको थियो । अमेरिकाको यो निर्णयप्रति भारतले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?