एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

लोकपथ
1.1k
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला  ५ हजार रुपैयाँले बढेको हो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको  महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?