सिग्मा कलेजको क्यान्टिनमा आगलागी, करिब ३ लाख रुपैयाँको क्षति

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज (बुधबार) बिहान आगलागी भएको छ। ग्यास लिक भएर लागेको आगोले क्यान्टिनभित्र रहेका सामग्री पूर्ण रूपमा जलेर नष्ट गरिदिएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजेतिर आगो नियन्त्रणमा लिएका थिए।

सशस्त्र प्रहरी बलका अनुसार आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?