रिसोर्टको पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना प्रहरी नियन्त्रणमा

लोकपथ
11.6k
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित एक रिसोर्टमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महतो मंगलबार राति दाहाखानी भ्यू रिसोर्टको पोखरीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेका थिए।

घटनापछि महतोसँग रहेका आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भरतपुर–२२ का सिमन थापा, प्रवीण घिमिरे, मेघलाल चुडाल, दिपेश महतो, शुबु खत्री, भरतपुर–१३ का आदेश सुवेदी, वडा नं १४ का आशिष शर्मा तथा लमजुङ सुन्दरबजारका नारायण बस्नेत रहेका छन्।

मृत्युको कारण र घटनाको प्रकृति बारे थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट तथा प्रारम्भिक अनुसन्धानपछि घटना सम्बन्धी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?