काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
आज गृहमन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
आगामी जेठ ११ गतेबाट एआईजीको दरबन्दी खाली हुँदैछ । एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाने भएसँगै शाहलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
एआईजीमा सिफारिस भएका शाह प्रहरी प्रधान कार्यालय नक्सालको विशेष ब्यूरोको प्रमुख रहेका थिए । शाह २०५३ सालमा राष्ट्रिय अनुसन्धान व्यूरोबाट सेवा प्रवेश गरेका थिए ।
त्यसो त आजै ११ जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया