काठमाडौं । प्रा.डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिटमा भएको दरपीठ आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।
दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो ।
गभर्नर नियुक्तिको योग्यतामाथि उठाएको प्रश्न गम्भीर भए पनि अहिले अपरिपक्व देखिएको अदालतको ठहर छ । भविष्यमा त्यस्तो निर्णय भएमा तत्कालै अदालतमा रिट दर्ता हुने गरी दरपीठ आदेश सदर भएको हो ।
अदालतको यस निर्णयसँगै पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने बाटो तत्कालका लागि खुला भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया