काठमाडौं । पल्सर एन१२५ झापा, बिर्तामोडमा पल्सर सांगीतिक कार्यक्रमसहित लन्च गरिने भएको छ । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ र यस पटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिने भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।
आज साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८अअ एयर–कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ८.८२ किलोवाट पावर र ११ टर्क उत्पादन गर्दछ। यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, ‘एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठुलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया