फेरि जन्मियो नयाँ गठबन्धन

काठमाडौं, १९ कात्तिक—राजनीतिमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चा भइरहेको बेला नयाँ गठबन्धनपनि निर्माण गरिएको छ प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वि.पि.) मिलेर राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन निर्माण गरिएको हो दुई पक्षबीच भएको सहमतिअनुसार कांग्रेस विपिले आफ्नो पक्षको समानुपातिक मत एकीकृत राप्रपा राष्ट्रवादीको चारकुने हलोमा दिने र एराप्रपाले काठमाडौं क्षेत्र नम्बर १ मा विपीका उम्मेदवार हरिबोल भट्टराईलाई दिनेछ निर्वाचन पछि दुई पार्टीबीच एकता गर्ने सहमति समेत भएको राप्रपा राष्ट्रवादीका महामन्त्री भरतजंग उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?