काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित प्याराग्लाइडिङ उडान भर्ने स्थानमा पाइलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) चेकजाँच गरिएको छ ।
३९ जना पाइलटहरुको मापसे र सोही मध्येका १५ जनाको लापसे चेक गर्दा १ जनाले मापसे र लापसे दुवै सेवन गरेको पाइएको छ । उनलाई पक्राउ गरी कानुन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीको सक्रियतामा उक्त काम गरिएको प्रहरीले जनाएको छ ।

विश्वभरबाट प्याराग्लाइडिङका लागि पर्यटकहरु नेपाल आउने गरे पनि पाइलटहरुले मापसे र लापसे गर्ने गरेको गुनासोपछि प्रहरी सक्रिय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया