काठमाडौं । सरकारले आज गभर्नर नियुक्त गर्ने सम्भावना बढेको छ । यसका लागि आजै मन्त्रिपरिषद् बैठक र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्ष रहेको गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ ।
गभर्नर सिफारिस समितिको बैठक दिउँसो ४ बजेका लागि र मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच आज दिउँसो भेटवार्ता भएसँगै गभर्नर नियुक्तिको सम्भावना बढेको हो । कांग्रेसले आफ्नो भागमा परेको गभर्नर पदका लागि डा. विश्व पौडेललाई अघि सारेको छ ।
चैत २४ गते गभर्नरको कार्यकाल सकिएको छ । तर, साढे एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैैंक ऐनमा गभर्नरको पदावधि सकिनुभन्दा एक महिना अगाडि नियुक्त गरी सूचना जारी गर्नुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया