४९ हजार रुपैयाँमै भिसा शुल्कसहित थाइल्यान्ड भ्रमणको अफर !

लोकपथ
3.4k
Shares

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको कान्तिपुर होलिडेजले ४९ हजार रुपैयाँमै थाइल्यान्डको ४ रात ५ दिनको भ्रमण गराउने भएको छ । यो पछिल्लो ५ वर्षकै सबैभन्दा सस्तो प्याकेज रहेको होलिडेजले जनाएको छ ।

थाइल्यान्डको ४ रात ५ दिनको यो भ्रमणमा दुईतर्फी हवाई टिकट, थ्री स्टार होटेलमा ब्रेकफास्टसहितको बास, भिसा शुल्क, स्थानीय यातायात, कोरल आइल्याण्ड टुर र बैंकक सिटी टुर पनि समावेश रहेको होलिडेजले जनाएको छ ।

सस्तो मूल्यको यो प्याकेज मध्य जुन अर्थात् असारको पहिलो सातादेखि दोस्रो सातामा हुने होलिडेजले जनाएको छ ।

भ्रमण तालिका

पहिलो दिन : काठमाडौंबाट थाइल्यान्ड प्रस्थान, पटायामा बास

भ्रमणको पहिलो दिन काठमाडौँबाट थाइल्यान्डको बैंककमा अवतरण हुनेछ । सुवर्णभूमि वा डिएमके विमानस्थलमा अवतरण भएपछि त्यहाँ रहेका स्थानीय एजेन्टले सोही दिन विमानस्थलबाट हाइसमा पटाया लैजानेछन् । करिब डेढ घण्टाको यात्रापछि पटायामा रहेको होटेलमा पुगिनेछ र पहिलो रातको बसाइ पटायामै हुनेछ । होटेलमा पुगेपछि आराम गर्न वा घुमघाम गर्न पनि सकिनेछ । पटायामा नाइट मार्केट पनि चल्ने भएकाले नाइट मार्केटमा समेत जान सकिनेछ ।

दोस्रो दिन : कोरल आइल्याण्ड भ्रमण

थाइल्यान्ड भ्रमणको दोस्रो दिन होटेलमा बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि करिब ९ बजे पटाया नजिकै रहेको कोरल आइल्याण्डको भ्रमण गराइनेछ । स्पिड मोटर बोटमा करिब १ घण्टाको यात्रापछि सुन्दर समुद्री तट कोरल आइल्याण्ड पुगिनेछ । कोरल आइल्याण्ड जाँदै गर्दा समुद्रको बिचबाट पारासेलिङ गर्न सकिनेछ । प्यारासेलिङ भन्नाले प्यारासुटमा आफू रही स्पिड मोटरबोटमा बाँधेर उडाइनेछ ।

कोरल आइल्याण्ड यात्राकै क्रममा अन्डर वाटर पनि जान सकिनेछ । कोरल आइल्याण्डको नजिकै रहेको एक स्थानमा पानी मुनी गएर साना साना माछालाई खाना खुवाउने र समुद्र मुनी हुने क्रियाकलापको सुन्दर दृश्यावलोकन सहित फोटो र भिडियोसमेत खिच्न सकिनेछ ।

मध्यान्ह करिब ११ बजे कोरल आइल्याण्डमा रहेको समुद्री तटमा पुगेपछि त्यहाँ घुमफिर र समुद्री तटको मज्जा लिन २ घण्टाको समय दिइनेछ । त्यहाँ पुगेर बनाना राइड, जेट स्किङ आदि गर्न सकिनेछ । समुद्री तटमा पौडी खेल्ने र नरिवलको जुस पिउने सुविधा समेत त्यहाँ हुनेछ ।

कोरल आइल्याण्डमा करिब २ घण्टा बिताएपछि करिब १ बजे त्यहाँबाट सिधै पटायामा रहेको रेस्टुरेन्टमा दिउँसोको खाना खुवाइनेछ । उक्त खाना प्याकेजमै उपलब्ध हुने भएकाले पैसा तिर्नु पर्दैन ।

रेस्टुरेन्टमा दिउँसोको खाना खुवाइसकेपछि होटेलमा छाडिनेछ । बाँकी समय घुमघाममा बिताउन सकिनेछ । राती पटायाको वाकिङ स्ट्रिट लगायतका पर्यटकीय नगरी वा समुद्री तटको भ्रमण तथा किनमेल गर्न सकिनेछ ।

तेस्रो दिन : बैंकक स्थानान्तरण र सिटी टुर

थाइल्यान्ड भ्रमणको तेस्रो दिन बिहानै पटायामा रहेको होटेलमा ब्रेकफास्ट गरिसकेपछि बैंककतर्फ प्रस्थान हुनेछ । बैंकक फर्कँदै गर्दा बाटोमा रहेका महत्त्वपूर्ण बौद्ध मन्दिरहरूको अवलोकन गराइनेछ । थाइल्यान्डलाई २६ हजार मन्दिरको सहर पनि भनिन्छ । ‘द ल्यान्ड अफ ट्वान्टी सिक्स थाउजेन्ड वाट्स’ अर्थात् २६ हजार मन्दिरहरूको भूमि भनेर थाइल्यान्डलाई चिनिन्छ । थाई भाषामा वाट भनेको मन्दिर हो ।

बैंककमा रहेका गोल्डेन बुद्ध मन्दिर, मार्वल टेम्पल, स्लिपिङ बुद्ध स्टयाचु आदिको भ्रमण गराइनेछ । अपराह्न करिब ३ बजे बैंककको होटेलमा चेक इन गरी बाँकी समय घुमफिरमा बिताउन सकिनेछ । कसैलाई क्रुज डिनर जान मन लागेमा बुकिङ गरी क्रुज डिनर समेत जान सक्नेछन् । इन्डियन क्रुज डिनरको शुल्क करिब ५ हजार रुपैयाँ पर्नेछ । चाओ फ्राया नदी मा हुने दुई घण्टाको यो क्रुज डिनरमा नदी आसपासमा सुन्दर दृश्यहरू अवलोकन गर्न सकिनेछ ।

चौथो दिन : फ्री डे

थाइल्यान्ड भ्रमणको चौथो दिन फ्री डे का रूपमा रहेको रहनेछ । यो दिन मुख्यतः सपिङका लागि छुट्टाइनेछ । सपिङ गर्न इच्छुक नहुने वा अन्य रमणीय यात्रा गर्न चाहनेले सियम सेन्टरमा रहेको सी लाइफ (अक्वारियम)को अवलोकन गर्न सक्नेछन् जहाँ समुद्री जीवनको यथार्थ त्यहाँ देख्न सकिनेछ । त्यहाँ समुद्रमा पाइने सम्पूर्ण जीवहरू राखिएको हुन्छ ।

सी लाइफ (अक्वारियम) जान नचाहनेले सफारी वर्ल्ड र मरिन पार्कको भ्रमण समेत गर्न सक्नेछन् । सफारी वर्ल्डमा गाडीमा बसेर बाघ, भालु, गैँडा, जिराफ लगायतका वन्य जन्तु प्रत्यक्ष देख्न पाउनेछन् । तिनीहरूलाई त्यहाँ खुला छाडिएको हुन्छ भने आफू चाहिँ गाडीमा बसेर घुमघाम गर्न सकिन्छ । मरिन पार्कमा गएर डल्फिन शो, सि लाइन शो, ओरङ उटन शो, इलिफेन्ट शो आदि देख्न सकिन्छ । त्यहाँ हात्तीले बनाउने सुन्दर चित्र समेत हेर्न सकिनेछ ।

नाइट लाइफ मन पराउनेहरूले बैंककको नाइट लाइफको मज्जा लिन समेत सक्नेछन् । रातको बास होटेलमै हुनेछ ।

पाँचौँ दिन : काठमाडौं फिर्ती

थाइल्यान्ड भ्रमणको पाँचौँ दिन अर्थात् अन्तिम दिन पर्यटकहरू स्वदेश फर्किनेछन् । बिहान होटेलमा ब्रेकफास्टपछि विमानस्थलमा लगिनेछ । अविस्मरणीय सम्झनाहरूका साथ थाइल्यान्डको भ्रमण समाप्त हुनेछ ।

भिसा प्रक्रिया

नेपालीहरूले थाइल्यान्ड भ्रमणका लागि भिसा लिनै पर्ने हुन्छ । हाल थाइल्यान्डको भिसा शुल्क मात्रै ५ हजार १ सय रुपैयाँ लाग्छ । त्यसबाहेक होटेल बुकिङ र आइटीनरी आवश्यक रहन्छ । ई भिसा भएकाले त्यसका लागि ७ कार्य दिन लाग्न सक्छ, यद्यपि सामान्यतः ४ कार्य दिनमा भिसा प्राप्त हुन्छ ।

थाइल्यान्डको भिसा लिनका लागि सेतो पृष्ठभूमिमा हालसालै खिचिएको एक प्रति ३५X४५ एमएमको फोटो, कम्तीमा ६ महिनाको अवधि बाँकी भएको एमआरपी पासपोर्ट, कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट र कम्तीमा एक लाख रुपैयाँ बैंक अन्तिम बैंक ब्यालेन्स रहेको हुनुपर्नेछ ।

खर्च
कान्तिपुर होलिडेज
ले यी सबै प्रक्रियाका लागि मात्र ४९ हजार रुपैयाँ लिने जनाएको छ । यसमा भिसा फी तथा सर्भिस चार्ज, दुईतर्फी हवाई टिकट, कोरल आइल्यान्डको टुर र त्यस दिनको लन्च, होटेलको बास तथा स्थानीय यातायात र मन्दिर भ्रमणका लागि लाग्ने टिकटको शुल्कसमेत समावेश गरिएको छ । बिहान होटेलमा खाने ब्रेकफास्टको शुल्कसमेत यसैभित्र समावेश रहेको छ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?