सांसद कार्कीको व्यंग्य- ‘कांग्रेस सांसदहरू प्रधानमन्त्री खोज्न जानुभयो कि गभर्नर खोज्न ?’

लोकपथ
406
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसद्मा कम रहेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्मा कम रहेको भन्दै व्यंग्य समेत गरिन् । 

उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न गएको भन्दै व्यंग्य गरिन् ।

कांग्रेस संसदको सबैभन्दा ठुलो पार्टी भएको र संसदमा पनि ठुलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘आज त नेपाली कांग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो रु गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो रु तपाईँहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठुलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’

संसद्मा ८ जना भन्दा बढी कांग्रेसका सांसद नदेखिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?