बालुवाटारमा ओली–देउवा भेटवार्ता जारी, अर्थमन्त्री विष्णु पौडेलको पनि ‘इन्ट्री’

लोकपथ
2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटवार्ताको प्रमुख एजेन्डा राष्ट्र बैंकको गभर्नर रहेको निकटस्थ स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईँले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता भइरहेको बताए । उनले हिजो साँझ हुन नसकेको भेटवार्ता अहिले भइरहेको पनि बताए । 

उनीहरूबिच भइरहेको भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेललाई पनि बोलाइएको छ । 

अर्थमन्त्री पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ । तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । देउवाले गभर्नरमा डा. विश्व पौडेललाई सिफारिस गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?