तिल गाउँका बासिन्दाहरूको उद्धार गर्न सांसद भोटेको माग

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरूको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्  । 

उनले त्यहाँका स्थानीयहरूको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताए । तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उनले आग्रह गरे । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान सुरु गर्न माग पनि गरे । 

उनले भने, ‘हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ । सम्पर्क गर्दा त्यहाँको गाउँलेहरू न यता जान सम्भव, न उता जान । त्यहाँको जनता रोइरहेको छ । कराइरहेको छ, गुहार मागिरहेको छ । नेपाल सरकारको तर्फबाट दुर्गम हुनुको कारणले पुग्न गाह्रो भइरहेको छ । तत्काल आपत्कालीन बैठक बसेर, हेलिकप्टर, त्यहाँको भूगोल विज्ञ लिएर गएर अनुसन्धान गर्नुपर्छ । त्यहाँका बासिन्दालाई गाँस, बास र कपासको व्यवस्था गर्नुपर्‍यो । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान सुरु गर्नुपर्छ ।’

सांसद भोटे हिमाल केन्द्रित योजना बनाउन उनले माग गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?