काठमाडौं । नेपाल राष्ट्रबैंकको गभर्नरको रूपमा चर्चामा आएका अर्थविद् विश्व पौडेलविरुद्धको रिट दरपिठविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हुने भएको छ ।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समिति छाडेका पौडेललाई गभर्नर बनाउन लागेको भन्दै दिएको रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले बेरीतको भन्दै दरपिठको आदेश गरेका थिए ।
त्यसविरुद्ध गत शुक्रबार रिट निवेदकले दिएको अर्को निवेदन आइतबार दर्ता भएको थियो । सो निवेदनको पेसी आजका लागि तोकिएकोमा यसको सुनुवाइ न्यायाधीश मल्लको इजलासमा हुने भएको हो । सुनुवाइपछि पौडेलविरुद्धको रिट दर्ता हुने नहुने टुंगो लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया