काठमाडौं । स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी एक हजार ९४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया