पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयो : ट्रम्प

लोकपथ
182
Shares

काटमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता धेरै राम्रो भएको बताएका छन् । 

पुटिनसँग साढे दुई घण्टा कुराकानी गरेको र कुराकानी सन्तोषजनक रहेको उनले बताए । रुस र युक्रेनले तत्काल युद्ध विरामका लागि वार्ता गरेको उनको भनाइ छ । 

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबसहित अन्य नेताहरूसँग कलको विवरण साझा गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?